×

NMB BANK
NIC ASIA

निषेधाज्ञा र लकडाउनले चौपट भएको व्यापार

कोरोनाका कारण करोडपतिबाट एउटा शटरमा खुम्चिएका ठमेलका व्यापारीको कथा [भिडियो]

साउन १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१० देखि पर्यटन तथा ह्यान्डीक्राफ्ट व्यवसायमा लागेका सुदर्शन खनाल कोरोना महामारी अघिसम्म निकै मजबुत अवस्थामा थिए ।

Sagarmatha Cement
Muktinath Bank

व्यवसाय शुरू गरेदेखि नै उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । व्यापारका सिलसिलामा विभिन्न देश पुगे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम्रा देशमा पुग्दा कतिपय नेपाली उतै पलायन भएका पनि छन्, तर खनाललाई त्यो सोच कहिल्यै आएन ।


Advertisment
Nabil box
Kumari

उनी नेपालमै बसेर राम्रो कमाइ गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

जिरोबाट शुरू गरेको कारोवार करोडौंमा पुगेको थियो । नेपालको पर्यटकीय हब ठमेलमा एउटाबाट शुरू गरेको पसललाई विस्तार गर्दै ३ वटा पुर्‍याएका थिए ।

आफूले एउटै सटरको मासिक ३ लाखसम्म भाडा तिरेको खनाल बताउँछन् ।

दश वर्षमा चुमेको उचाइ पछिल्लो डेढ वर्षयता निरन्तर ओरालो लाग्ने क्रममा छ ।

कोरोना महामारीका कारण ठमेल सुनसान भएको लामो समय भयो । बजारका सटरहरू प्राय: बन्द रहन्छन् । पर्यटक नआउने भएकाले खोल्दा पनि कुरेर बस्नु मात्र हो ।

कोरोना महामारीका कारण घोषित पहिलो लकडाउनकै अवधिमा उनलाई भाडा तिर्न मुस्किल पर्न थाल्यो । आर्थिक भार कम गर्न उनले एउटा सटर बन्द गरे ।

महामारी कम हुने नामोनिशान थिएन । फेरि संक्रमण बढ्दै गयो । परिस्थितिले उनलाई दोस्रो सटर पनि बन्द गर्ने अवस्थामा पुर्‍यायो ।

आम्दानीको स्रोत ठप्पप्राय: थियो । खनालले परिवारका सदस्यहरूलाई गाउँ फिर्ता पठाए । अहिले काठमाडौंमा उनी एक्लै बस्दै आएका छन् ।

अब भएको एउटा सटर पनि बन्द गरेर व्यवसायबाटै पलायन हुनुपर्ने त होइन भन्ने उनको चिन्ता छ । कुराकानीका क्रममा उनले सरकारप्रति आक्रोश पोखे ।

'यो सरकार आफ्ना जनता र व्यापारीहरूप्रति अलिकति पनि उदार भएन । यदि समयमै भ्याक्सिन उपलब्ध गराउन सकेको भए यस्तो दिन आउने नै थिएन,' आक्रोशित हुँदै उनले भने ।

सरकारले खोप ल्याउने जिम्मा निजी क्षेत्रलाई पनि दिनुपर्ने उनको सुझाव छ ।

'यदि निजी क्षेत्रलाई जिम्मा दिएको भए ठमेल मात्र होइन सबै क्षेत्रका व्यापारीले कोरोनाको भ्याक्सिन लगाइसकेका हुन्थे, अनि सर्वसाधारणलाई पनि सहज रूपमा भ्याक्सिन उपलब्ध हुन्थ्यो,' खनालले भने, 'व्यापारमा यसरी मन्दी छाउने नै थिएन ।'

आक्रोशित हुँदै उनले थपे, 'कोरोना कहाँ छैन ? तर अरू राष्ट्रमा सधैँ यसै गरी लकडाउन लगाए त ? अझै छिट्टै कोरोना जाने छाँट कहाँ छ र ? के सधैँ लकडाउन गरेर मात्र हुन्छ त ? भएका सबै व्यापारी यसरी नै पलायन हुने ? '

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x