.jpg?1496987360714)
काठमाडौं, २६ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीवार दिउँसो तीन घण्टा लामो फिल्म रातो सुर्य हेरेका छन् । विग मुभिजमा फिल्म हेर्न गएका उनले आफूलाई रातो घर सम्पूर्ण पक्ष मन परेको बताए ।
उक्त चलचित्र विल्सन विक्रम राई अर्थात तक्मे बुढाले मुख्य रुपमा अभिनय गरेको चलचित्र हो । उनले फिल्म हरेपछि आफूलाई तक्मे बुढोवाला पात्र मन परेको बताए ।
गृहजिल्ला झापाको प्रसंग समेत उक्त फिल्ममा आएकोले आफूलाई मन परेको उनले बताए । फिल्म हरेपछि उनले नेपाली चलचित्रको क्रमिक विकास भएको समेत आभाष पाएछन् । ‘धेरै वर्ष पछि नेपाली फिल्म हेर्ने मौका मिल्यो,’ उनले भने, ‘चलचित्र उद्योगले त निकै फड्को मारेछ ।’
ओली एमाले भित्रका आफ्ना प्रीय पात्र सुवास नेम्बाङलाई लिएर चलचित्र हेर्न गएका थिए ।