०६ साउन २०८३, बुधबार
सहमतिको खोजी

एमालेको विघटित कार्यदलका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा

एमालेको विघटित कार्यदलका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएर शुक्रवार विघटन गरिएको कार्यदलमा रहेका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफल गरिरहेका छन् ।

शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ ।

कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छलफलमा लागेका स्रोतले जनाएको छ । पार्टीलाई मिलाउने उपाय खोज्नबारे छलफलमा कुराकानी भइरहेको एक सदस्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्