११ असार २०८३, बिहीबार

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त ७ महिनापछि पक्राउ

साउन २, २०७८
जबरजस्ती करणी उद्योगका फरार अभियुक्त ७ महिनापछि पक्राउ
प्रतिकात्मक तस्वीर

कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई ७ महिनापछि शुक्रवार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले गत मंसिरमा जिल्ला अदालत कञ्चनपुरबाट १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए ।

‘अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ,’ उनले भने, ‘प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्लाभर सक्रियता बढाएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्