२६ जेठ २०८३, मंगलबार

उत्तर कोरियाका नेता किम जोङ–उन संसारकै सबभन्दा खतरनाक व्यक्ति

कात्तिक २०, २०७४
उत्तर कोरियाका नेता किम जोङ–उन संसारकै सबभन्दा खतरनाक व्यक्ति
काठमाडौं, १४ पुस — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन सन् २०१७ का लागि दुईवटा खतरनाक संकेत लिएर आउँदैछन् । एक त उनले आणविक हतियार परीक्षण गरिसकेका छन् अनि रिसको सुरमा कतिबेला उनले यो हतियार चलाउने हुन् कसैलाई थाहा छैन ।


उत्तर कोरियाले सन् २०१६ मा दुईवटा आणविक परीक्षण गरेको थियो । यसका अलावा किमले जमिन र जलबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्रहरू पनि परीक्षण गरेका छन् । यस्तोमा संसारले चिन्ता लिनुपर्ने प्रशस्त कारण छन् ।

‘आणविक बम र क्षेप्यास्त्र प्रविधि किमजस्तो अस्थिर नेताको हातमा हुनु विनाशको संकेत हो,’ अमेरिकी सेनाको प्रशान्त क्षेत्रका कमान्डर ह्यारी ह्यारिस बताउँछन् ।

यसो हो भने किम संसारकै सबभन्दा खतरनाक मानिस हुन् ।

गत सेप्टेम्बर महिनामा उत्तर कोरियाले परीक्षण गरेको १० किलोटोन तौलको विस्फोटक पदार्थ उसको अहिलेसम्मकै शक्तिशाली बम हो । अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमामाथि सन् १९४५ मा फालेको आणविक बम १५ किलोटोनको थियो ।

प्योङयाङले आणविक बममा गरेको प्रगति अनुरूप उसको क्षेप्यास्त्र प्रणाली दह्रो नभएको विश्वास गरिन्थ्यो तर अहिले त्यसमा पनि सुधार आइसकेको छ ।

किमलाई आणविक हतियारको मोह यत्ति धेरै छ कि पश्चिमा शक्तिहरूले उनलाई टन्नै पैसा दिएपनि उनले हतियारमोह त्याग्ने छैनन् भनी उत्तर कोरियाबाट भागेका एकजनाले बताए ।

सीएनएन

salt training

कमेन्ट गर्नुहोस्