
एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । त्यसको एजेन्डा तय गर्न भोलि (आइतवार) स्थायी कमिटी बैठक बोलाइएको छ ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने छ ।
उनका अनुसार साउन २४ गते विधान महाधिवेशन हुनेछ । त्यसैको तयारीका लागि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
यस्तै बैठकले एमालेको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सम्झौतालाई अनुमोदन गर्ने बताइएको छ ।