२३ असार २०८३, मंगलबार

अत्यधिक वर्षापछि युरोपमा बाढी, १५३ जनाको मृत्यु

साउन २, २०७८
अत्यधिक वर्षापछि युरोपमा बाढी, १५३ जनाको मृत्यु
तस्वीरः रोयटर्स

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परेर जर्मनीमा १३३ जनाको मृत्यु भएको छ । 

योसँगै युरोपमा अहिलेसम्म १५३ जनाको मृत्यु भएको  स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनुका साथै हराइरहेका मानिसहरूको संख्या बढिरहेको बताइएको छ । 

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको बताइएको छ ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका थिए । 

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्