
अचेल सेल्फी र प्रांक भिडियोको क्रेज बढिरहेको छ । यसका लागि युवाहरू हद पनि पार गर्न बेर लाउँदैनन् । कतिपय हर्कतहरू खतरनाक पनि हुन्छन् ।
यसै क्रममा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो प्रांक भिडियो बनाउने क्रममा रेल दुर्घटना पनि हुन सक्थ्यो ।
यद्यपि सबै सुरक्षित छन् तर, ती दुई युवाको गल्ती भने माफीलायक छैन । यसैकारण उनीहरूलाई जेल जानु परेको छ ।
भिडियोमा एक युवा रेललाई रोकेर चुरोट पिइरहेको देख्न सकिन्छ । जब रेल आउने समय हुन्छ, तब रेलको लिकमा टेबल र कुर्सी लगाएर बस्छन् र, चुरोट पिउन थाल्छन् ।
ती युवाका साथीहरू भिडियो बनाइरहेका हुन्छन् । यद्यपि बजार र क्रसिङका कारण रेल सुस्त गतिमा आइरहेको थियो ।
रेलका चालकले धेरैबेरसम्म हर्न बजाए पनि ती युवा हटेनन् र, चालकले रेल रोके । नत्र ती युवाको ज्यान पनि जान सक्थ्यो ।
Casablanca Morocco
— UncleRandom (@Random_Uncle_UK) July 9, 2021
Stunt got him 3 years in prison including his two friends who were each given 2 years behind bars👍👍 pic.twitter.com/Msz6OGvBgE