
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
महान्यायधिवक्तामा नियुक्त उनले राजीनामा दिएसँगै देउवाले स्वीकृत गरेका हुन् ।
खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पु¥याएको सक्रिय योगदानको सह्राना गर्दै धन्यवाद व्यक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।