कलाकार पल्पसा डंगोलको अस्पताल भर्ना, मिर्गौलाको समस्या

चम्सुरी नामले परिचित कलाकार पल्पसा डंगोलको मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी उनको उपचार जारी रहेको निर्देशक समेत रहेकी कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।
निरौलाले उनलाई सहयोग गर्न आह्वान गरेकी छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्