०९ असार २०८३, मंगलबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, आजै मुख्य सचेतक नियुक्त हुने सम्भावना

कांग्रेस संसदीय दलको बैठक बस्दै, आजै मुख्य सचेतक नियुक्त हुने सम्भावना

आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाली कांग्रेस संसदीय दलको बैठक पहिलो पटक आइतवार बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउसो २ बजेका लागि बैठक बोलाइएको राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले लोकान्तरलाई जानकारी दिए । 

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै संसदीय दलको बैठक संयुक्त रुपमा बस्न लागेको हो ।

संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुने पन्थले लोकान्तरलाई जानकारी दिए । 

यसैबीच, प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतक नियुक्तीको तयारी गरेका छन् । 

यसअघिका मुख्य सचेतक बालकृष्ण खाँण मन्त्री बनेपछि नयाँ प्रमुख सचेतक छान्न लागिएको हो । 

प्रमुख सचेतकले संसदीय दल र सभामुखबीच समन्वय गर्ने काम गर्छ । 

कांग्रेस सचेतक पुष्पा भुसाललाई नै प्रमुख सचेतकको जिम्मा दिने तयारी रहेको कांग्रेस स्रोतले बतायो ।

कांग्रेस प्रतिपक्षमा रहेको समयमा सशक्त भूमिका खेलेको भन्दै भुसाललाई मन्त्री बनाउने पनि चर्चा छ ।

मन्त्री नबनेको खण्डमा भुसाल नै प्रमुख सचेतक बन्ने कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्