११ असार २०८३, बिहीबार

भोकाएको बाख्राले आफ्नै मालिकको एक लाख रुपैयाँ खाइदिएपछि....

कात्तिक २०, २०७४
भोकाएको बाख्राले आफ्नै मालिकको एक लाख रुपैयाँ खाइदिएपछि....

भोकाएको बाख्राले केहिले काँही बारीमा गएर लगाएको तरकारी खाँदा पनि मानिसहरु साह्रै रिसाउँछन् । तर यहाँ त एक बाख्राले आफ्नो मालिलको झण्डै एक लाख रुपैयाँ खाइदिएको छ । त्यो पनि गोजीबाट थुतेर ।

यो घटना हो भारतको उत्तरप्रदेश राज्यअन्तर्गत पर्ने कन्नौज जिल्लाको । स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इटा खरिदका लागि ६६ हजार रुपैयाँ जम्मा गरेका थिए । र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए ।

गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको मुठो थुतिदिएछ, उनलाई त्यसको पत्तै भएन ।



नुहाइसकेपछि जब उनी लुगा झुण्डाएको ठाउँमा पुगे तब उनले बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सके । अरु ३१ वटा नोट बाख्राले चपाएर निलिसकेको थियो ।

यो खबर सार्वजनिक भएपछि एकाएक उक्त बाख्रो सेलिब्रटी बनेको छ । आफ्नो मूल्यभन्दा पनि कयौं गुणा धेरै पैसा खाएको बाख्रालाई हेर्न भन्दै स्थानीय मानिसहरुको भीड नै लाग्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्