०१ असार २०८३, सोमबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्