२६ जेठ २०८३, मंगलबार

पाकिस्तानमा दुई चिनियाँको हत्या गरेको आईएसको दाबी

कात्तिक २०, २०७४
पाकिस्तानमा दुई चिनियाँको हत्या गरेको आईएसको दाबी

काठमाडौं, २६ जेठ — इस्लामिक स्टेट (आईएस) ले मे महिनाको अन्त्यतिर दक्षिणपश्चिमी पाकिस्तानबाट अपहरण गरेका दुई चिनियाँ नागरिकको हत्या गरेको दाबी गरेको छ ।


आईएसको अमाक समाचार संस्थाले अरबी भाषामा एक बयान जारी गर्दै यो दाबी गरेको हो ।

चीनको विदेश मन्त्रालयले यसबाट आफू गम्भीर रूपमा चिन्तित भएको र सूचनाको पुष्टि गरिरहेको बताएको छ ।

ती दुई चिनियाँहरू क्वेट्टा शहरमा रहेको ऊर्दू भाषा केन्द्रमा अध्ययन गरिरहेको र त्यहीँबाट अपहरणमा परेको बताइएको छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार अपहरणका बेलामा सशस्त्र व्यक्तिहरूले ती दुईलाई भाषाकेन्द्रबाट निस्कँदै गर्दा अपहरण गरेका थिए । अर्की चिनियाँ महिला यस क्रममा बल्लतल्ल भाग्न सफल भएकी थिइन् ।

अपहरणका बेलामा आईएस वा अन्य कुनै लडाकु समूहले दुई चिनियाँको अपहरणको जिम्मेवारी लिएका थिएनन् ।

बलोचिस्तानमा हालैका वर्षमा विदेशी नागरिकहरूको अपहरणका घटना बढ्दै गएका छन् । सशस्त्र मुसलमानी समूह वा पृथक्तावादी समूहले फिरौतीका लागि अपहरण गर्ने गरेका छन् ।

आईएसले अफगानिस्तानका केही भूभाग नियन्त्रण गर्छ र पाकिस्तानमा आफ्नो स्थिति मजबुत गराउन कोशिश गरिरहेको छ । सन् २०१५ मा पाकिस्तानमा पहिलो आक्रमण गरेयता आईएसका गतिविधि जारी छन् ।

पाकिस्तानको एक प्रमुख साझेदारका रूपमा चीनले त्यहाँ आणविक भट्टी, सडक र बाँध लगायतका निर्माणकार्यमा भारी लगानी गरेको छ ।

चीनको एक पेटी, एक सडक परियोजनाअन्तर्गत पाकिस्तानको बलोचिस्तानमा चीनले भारी लगानी गरेको हो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्