मंगलग्रहमा केही दिनअघि वैज्ञानिकहरूले एलियनको डकार सुनेका छन् ।
त्यसको प्रमाण नासाको क्युरियोसिटी रोभरले जुटाएको छ ।
यो डकार कस्तो हो र यसको स्रोत के हो भनी वैज्ञानिकहरूले खोजी गरिरहेका छन् ।
नासाको रोभर मंगलग्रहमा अवतरण गरेदेखि अहिलेसम्म ६ पटक डकार सुनिसकेको छ । तर आवाज निकाल्नेलाई अहिलेसम्म भेटिएको छैन ।
नासाको क्युरोयोसिटी रोभर सन् २०१२ मा मंगलग्रहमा अवतरण गरेको थियो । त्यसबेलादेखि अहिलेसम्म ६ पटक त्यसले डकारको आवाज कैद गरेको हो ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूका अनुसार, मिथेन ग्यासको फोका फुटेको आवाज हुन सक्छ यो । तर यसको स्रोत पत्ता लागिसकेको छैन ।
रोभरभन्दा कति टाढाबाट यो डकारको आवाज आइरहेको छ भन्ने पत्ता लागेको छैन ।
वैज्ञानिकहरूका लागि मंगलग्रहमा मिथेन ग्यासको उपस्थिति आश्चर्यजनक तथ्य हो । पृथ्वीमा मिथेन ग्यासको उत्सर्जन जैविक प्रक्रियाबाट हुने गर्छ । मंगलग्रहमा मिथेन ग्यासको फोका फुट्नु वा एलियन डकार आउनुले त्यहाँ जीवनको सम्भावनालाई इंगित गर्छ ।