०७ असार २०८३, आइतबार

बेलायतको चुनाव : अनिर्णित नतीजा

कात्तिक २०, २०७४
बेलायतको चुनाव : अनिर्णित नतीजा
कञ्जरभेटिभ पार्टीले संसद्‌मा सबैभन्दा बढी स्थान पाएको हुनाले नेतृ टेरेसा मे प्रधानमन्त्री पदबाट राजीनामा नदिने पक्षमा गएकी छिन्। 


बीबीसीका अनुसार, उनको पार्टीले ३२६ स्थान पाउन सकेको भए बहुमत हुनेथियो तर शुक्रवार मध्यान्ह १२ बजे (नेपाली समय) सम्ममा उनको पार्टीले ३१५ स्थानमा मात्र विजय प्राप्त गरेको छ।

विपक्षी लेबर पार्टीले २६१ सीट जितेको छ।

लेबर नेता जेरेमी कोर्बीनले भने वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेका छन्।

टेरेसा मे ले युरोपेली संघबाट बेलायत बाहिर आउने पक्षमा बेलायतको जनमत गएको हुनाले त्यस अनुसार संघसित दह्रो सं‍झौता गर्न सशक्त बहुमत पाउने विश्वासका साथ हिजो बिहिवार (८ जुन) निर्वाचनको आह्वान गरेकी थिइन्।

तर त्यो बहुमत हासिल हुन सकेन।

टेरेसा मे साना पार्टीहरूको समर्थनमा सरकार प्रमुख भैरहन सक्छिन् तर त्यसबाट देशले स्थिरता पाउन सक्दैन भनी टिप्पणी गरेका छन् । 

कमेन्ट गर्नुहोस्