०६ असार २०८३, शनिबार

काभ्रे कांग्रेसमा भाँडभैलो, पूर्वमन्त्रीले अन्तर्घात गरेको आरोप

कात्तिक २०, २०७४
काभ्रे कांग्रेसमा भाँडभैलो, पूर्वमन्त्रीले अन्तर्घात गरेको आरोप

बनेपा, २६ जेठ– नेपाली कांग्रेस काभ्रेमा निर्वाचनमा बेहोरेको पराजयको ‘ह्याङग’ले उग्ररुप लिएको छ । कांग्रेसको गढ क्षेत्रको रुपमा रहरेको मुख्य नगरपालिका र समग्र जिल्लामै आएको अनपेक्षित मत परिणामका कारण काभ्रेको कांग्रेसमा रणाकोे मच्चिएको हो ।

मतदाताका कारण भन्दा पनि आफ्नै पार्टीका नेताहरुका कारण निर्वाचनमा सर्वानक हार बेहोरेको भन्दै कांग्रेस कार्यकर्तामाझ नै असन्तुष्टिको श्वर गुन्जिएको छ ।

कांग्रेस भित्रकै प्रतिष्ठित नेताबाटै अन्तरघात भएपछि यसलाई लिएर पछिल्ला दिन काभ्रेका होटल तथा चोक गल्लिहरुमा समेत नेताहरुको विरोध भइरहेको छ । कोही हारको पीडामै छन् भने कोई खुसि मनाईरहेका छन् ।

काभ्रे कांग्रेशमा पार्टीका पूर्ब सभापति शिव हुमगाई र बर्तमान सभापति मधु आर्चायको आन्तरिक द्वन्द्व र गुटका कारण आम कार्यकर्ता रुष्ठ बनेका छन् । स्थानीय निकायको चुनावको वेला टिकट वितरणमा गुटको आधारमा दिएको र आन्तरिक अन्तरघात भएको भन्दै आम कार्यकताहरु अन्तरघातिलाई कारबाही गर्नुपर्ने बताउँछन् ।

कांग्रेसको प्रमुख भोट बैङ्को रुपमा रहेको बनेपा नगरपालिकामा कांग्रेसको हार भएपछि भने काभ्रे कांग्रेसको बिवादले चरम रुप लिएको हो ।

स्थानीय निकायको चुनावमा अन्तरघातकै कारण बनेपा जस्तो नगर गुमाउनु परेको नेताहरु बताउँछन् । नगरमा हार भएपछि यसको प्रमुख आरोप भने पूर्व उद्योग राज्यमन्त्रि एवं यस क्षेत्रका निर्वाचित साभासद् कन्चनचन्द्र वादेमाथि लागेको छ ।

बिगतमा उनले सार्वजकि कार्यक्रमहरुमा मेयर पदमा राम जोशीलाई कुनैपनि हालतमा टिकट नदिने उद्घोष गरेपनि उनले मेयरमा टिकट पाएपछि असहयोग गरेको आरोप उनीमाथि लागेको छ ।

बनेपा नगर कमिटीका अध्यक्षसमेत रहेका राम जोशीले टिकट पाएपछि कांग्रेसभित्र निकै खैलावैला मच्चिएको थियो ।

जोशीले वादेकै कारण हारेको भन्दै यत्तिखेर उनलाई कारवाही गर्ने जोशीले बताए । चुनाव हारिसक्नु भो पूर्व मन्त्री जस्तो मान्छेलाई सक्नुहुन्छ त कार्वाही गर्न ? भन्ने प्रश्नमा जोशीले भने,‘अन्तरघातीलाई कारवाही गर्न कसैले छेक्न र रोक्न सक्दैन ।’

पत्रकार सम्मेलनको आयोजना गर्दै जोशीले निर्वाचनका बेला असहयोग गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताए ।

तर, बादेले भने निर्वाचनमा असहयोग गरेको विषयलाई अस्विकार गरे । उनले आफूलाई कारवाही गर्ने भन्ने विषयबारे केही जानकारी नभएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसंस बनेपा नगर कमिटीका समापति जोशीले सभासद् तथा पूर्व मन्त्रीलाई कार्वाही गर्ने सक्ने हुन् या हैन त्यो कालान्तरमा थाहा हुने छ ।

निर्वाचनमा पराजय व्यहोरेसँगै काभ्रे कांग्रेसको विवाद भने सतहमा आएको छ, अब पार्टीले यसलाई कसरी व्यवस्थापन गर्न सक्छ त्यो समयले देखाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्