०१ असार २०८३, सोमबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

साउन ४, २०७८
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अंकले बढेर २ हजार ९९४.५८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये सोमवार ५ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर सोमवार उल्लेख्य विन्दुले बढेको छ ।

व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ ।

होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ । 

सोमवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा सोमवार एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

बैंकको ३५ करोड ४१ लाख ६६ हजार ४४ रुपैयाँ बराबरको कारोबार भयो । नबिल बैंक ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बंगलादेश बैंक ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर २८ करोड ९९ हजार ९२ ६६० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

कारोबारका आधारमा सोमवार सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए । 

नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआईडीसीएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्