१२ असार २०८३, शुक्रबार

टेलिभिजन हेर्दा करेन्ट लागेर बालिकाको मृत्यु

साउन ४, २०७८
टेलिभिजन हेर्दा करेन्ट लागेर बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर १ जना बालिकाको मृत्यु भएको छ ।

लमजुङ राइनास नगरपालिका–७ सालफेदी बस्ने राकेश पाण्डेको ८ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा सोमवार बिहान साढे ८ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी पाण्डेको लमजुङस्थित सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्