
सूर्य नेपाल प्रा.लि.ले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश : तीस लाख र बीस लाख गरी जम्मा रु. ५० लाख रुपैंयाको सहयोग गरेको छ ।
सोमवार एक कार्यक्रमका बीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।
कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने उल्लेख गरे ।
कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन बिकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।
सूर्य नेपाल प्रा.लि.ले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा दश लाख रुपैयाँ तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईँमा सहयोग पुर्याउन एक–एक करोड रुपैयाँ रकम प्रदान गरेको थियो ।
सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।
त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरू तथा स्थानीयबासीहरूलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईँमा सहयोग गर्दै आइरहेको छ ।