०१ असार २०८३, सोमबार

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका स्थानीय बासिन्दाको लागि ४ लाख कित्ता आईपीओ मंगलवार (साउन ५ गते)देखि बिक्री खुल्ला गरेको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट असार १० गते स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसबाट हाल स्थानीयवासीको लागि आईपीओ बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित सो आईपीओमा स्थानीयबासीले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गते बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले धनकुटा हिलेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय, सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानीमा रहेको नेपाल बङ्गलादेश बैंकको शाखा कार्यालय, जिरि खिम्ती शाखा, म्याङलुङ तेह्रथुमको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिकाबाछ आवेदन दिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्