१७ असार २०८३, बुधबार

अफगानिस्तान : राष्ट्रपति भवन नजिक रकेट प्रहार

साउन ५, २०७८
अफगानिस्तान : राष्ट्रपति भवन नजिक रकेट प्रहार

अफगानिस्तानको राजधानी काबुलमा मंगलवार ईद अल अदाको प्रार्थना चलिरहेको बेलामा राष्ट्रपति भवन नजिक रकेट प्रहार गरिएको छ । 

भवन नजिक तीनवटा रकेटहरू भुइँमा खसेका छन् । 

ती रकेट परवान ए से इलाकाबाट प्रहार गरिएका थिए । काबुलको डिस्ट्रिक्ट १ मा रहेको बाग-ए-अली मर्दान र चमन-ए-होजोरी इलाकामा खसेका थिए । 

डिस्ट्रिक्ट २ को मानाबे बशारी इलाकामा पनि रकेट खसेका थिए ।

अमेरिका सेना अफगानिस्तानबाट हटेसँगै तालिबानले देशका अधिकांश भागमा कब्जा गर्न लागेको छ । राजधानी काबुल पनि कब्जा गर्न तालिबान उद्यत देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्