३१ जेठ २०८३, आइतबार

वडा कार्यालयको सूचना : ‘बाँदर धपाउन कुकुर लिएर आउनू’

साउन ५, २०७८
वडा कार्यालयको सूचना : ‘बाँदर धपाउन कुकुर लिएर आउनू’
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोकमा बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं बालिनाली बचाऔं’ अभियान शुरूआत गर्ने भएको छ ।

हरेक घरबाट १ जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।  

वडा कार्यालयले मंगलवार एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रूपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरू गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए ।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्