११ असार २०८३, बिहीबार

शिल्पाका पति राजलाई ३ दिन प्रहरी हिरासतमा राख्न अदालतको आदेश

साउन ५, २०७८
शिल्पाका पति राजलाई ३ दिन प्रहरी हिरासतमा राख्न अदालतको आदेश

बलिउड अभिनेत्री शिल्पा शेट्टीका जति राज कुंद्रालाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

अश्लील भिडियो बनाएर सार्वजनिक गरेको मामिलामा पक्राउ परेका राजलाई मुम्बई अदालतले आगामी २३ जुलाईसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

राजसँगै उनका साथी रयान थारपलाई समेत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । राज पक्राउ परेपछि प्रहरीले थारपलाई समेत पक्राउ गरेको थियो ।

गएराति प्रहरीले राजलाई पक्राउ गरेको थियो । राजले अश्लील भिडियो बनाएर केही एपमा सार्वजनिक गरेको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्