
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अंकले ओरालो लागेर २ हजार ९८५.५७ मा ओर्लेको छ ।
आइतवार र सोमवार भने नेप्से उकालो लागेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अंकले ओरालो लागेर ५५८.११ मा ओर्लेको छ ।
कूल २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब ७ करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ८ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२६.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४.३६ र सामूहिक लगानी कोष १.०२ विन्दुले उकालो लागेको छ ।
बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बीमा १८८.१६, अन्य २६.४२, लघुवित्त २७.११, जीवन बीमा १२६.९५ र लगानी १.११ विन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स २४ करोड १८ लाख २७ हजार ५१, एनआईसी एसिया बैंक २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोबार भई शीर्ष स्थानमा पुगे ।
कारोबारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आईसीएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआईडीसीएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।