०९ असार २०८३, मंगलबार

झलनाथ खनालको उपचार खर्च देउवा सरकारले बेहोर्ने

झलनाथ खनालको उपचार खर्च देउवा सरकारले बेहोर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन् ।
 अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार पुगेका थिए ।

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो । अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, प्रचण्डका सहयोगी विष्णु सापकोटाले बताए ।

  स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन् ।

salt training

कमेन्ट गर्नुहोस्