११ असार २०८३, बिहीबार

मल्पी इन्टरनेसनल कलेजका विद्यार्थीलाई आईएमई पेमा इन्टर्नसिपको अवसर

मल्पी इन्टरनेसनल कलेजका विद्यार्थीलाई आईएमई पेमा इन्टर्नसिपको अवसर

आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच  सहकार्यका लागि समझदारी भएको छ।

मंगलबार एक भर्चुअल माध्यमबाट कलेज र कम्पनीबीच  समझदारी भएकाे आईएमई पे ले जनाएकाे छ।

समझदारी अनुसार आईएमई पे मल्पी इन्टरनेसनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आईएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन्। 

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा  प्रविधि मानवीय जीवनको एक महत्वपूर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ। 

यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि थप छलफल गर्दै जाने आइएमई पेले जनाएको छ।

समझदारीपछि मल्पी इन्टरनेसनल कलेजले आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग प्रमुख सुवास गौतमलाई विशेष धन्यवाद व्यक्त गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्