३१ जेठ २०८३, आइतबार

समय सीमाभित्र व्यवसायिक प्रतिवेदन बुझाउन पर्यटन व्यवसायीहरुलाई टानको आग्रह

समय सीमाभित्र व्यवसायिक प्रतिवेदन बुझाउन पर्यटन व्यवसायीहरुलाई टानको आग्रह

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य ट्रेकिङ्ग व्यवसायीहरुलाई तोकिएको समय सीमा भित्रै व्यवसायिक प्रतिवेदन बुझाउन आग्रह गरेको छ।

मंगलवार एक सूचना जारी गर्दै टानले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म पर्यटन तथा ट्रेकिङ्ग व्यवसायीहरुले नेपाल सरकार, वाग्मती प्रदेशलाई बुझाउनु पर्ने प्रतिवेदन थपिएको २ महिना भित्र बुझाई व्यवसायीहरुलाई आग्रह गरेको हो । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यलयले आर्थिक वर्ष २०७७/७८ को आवधिक प्रतिवेदन सहित असार मसान्त देखि ६० दिन भित्र व्यवसायिक प्रतिवेदन दाखिला गराउन सार्वजनिक सूचना गरेको छ । 

उक्त सूचना अनुसार थप तोकिएकै समय सीमा भित्र आफ्नो कम्पनीको आवधिक प्रतिवेदन बुझाई बिलम्ब शुक्लबाट बच्न समेत टानले आग्रह गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्