भारतको उत्तर प्रदेशका मन्त्री आनन्दस्वरूप शुक्लले विवादास्पद बयान दिँदै देशविरुद्ध लाग्नेलाई इन्काउन्टर गरेर मारिने बताएका छन् ।
कवि मुनव्वर राणामाथि शाब्दिक आक्रमण गर्ने क्रममा शुक्लले यो बयान दिएका हुन् ।
राणा र उनको परिवारले पहिलादेखि नै विवादित बयान दिने गरेको शुक्लको भनाइ छ । भारतीयहरूका विरुद्ध लाग्न खोज्ने सबैलाई निश्चित रूपमा मारिने उनले बताए ।
केही दिनअघि राणाले उत्तर प्रदेशमा योगी आदित्यनाथ पुनः सरकारमा आए भने आफू राज्य छोडेर जाने बताएका थिए ।
असन उनले सरकारको नयाँ जनसंख्या नीतिको विरोध गर्दै मुसलमानहरूले दुईभन्दा बढी बच्चा जन्माउनैपर्ने किनकि दुई सन्तानलाई प्रहरीले इन्काउन्टर गरेर मार्ने गरेको बताएका थिए ।
यूपी के मंत्री आनंद स्वरुप शुक्ला का विवादित बयान#ATVideo pic.twitter.com/GmxM5C4NLT
— AajTak (@aajtak) July 21, 2021