०४ असार २०८३, बिहीबार

‘टीभीएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशीप २०२१’ सम्पन्न

‘टीभीएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशीप २०२१’ सम्पन्न

‘टीभीएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशीप २०२१’ सम्पन्न भएको छ ।

 टीभीएस एनटर्क सुपर स्क्वाड इडिशनको सहकार्यमा आयोजित यो प्रतियोगिता एक इम्पोर्टस प्रतियोगिता हो ।

देशभरका ६६० वटा भन्दा बढी टोलीले उक्त प्रतियोगिताका लागि प्रतिस्पर्धा गरेका थिए । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टीभीएस एनटर्क स्कुटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगिता जगदम्बा मोटर्स–टीभीएसले नेपाली गेमिङको समुदायलाई सहयोग पुर्याउनका लागि आरम्भ गरिएको कम्पनीले बताएको छ ।

‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको स्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने ।

जुन १, २०२१ मा शुरू भएको यो प्रतियोगिता जुलाई १६, २०२१ मा सम्पन्न भएको थियो । फाइनलमा ४८ वटा टीमहरू (प्रत्येक समूहमा १६ जना) गरी सामेल गरिएका थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका तीन जना भाग्यशाली बिजेताले टीभीएस एनटर्कस सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरका तीन सिरिजहरू जित्न सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्