२२ जेठ २०८३, शुक्रबार

बीपीको ३९औं स्मृति दिवसमा वृक्षरोपण

साउन ६, २०७८
बीपीको ३९औं स्मृति दिवसमा वृक्षरोपण

नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बीपीले अंगिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

उन्नचालिसौं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा बुधवार पार्टी कार्यालयमा आयोजित बीपीको तस्वीरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उनले बीपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बीपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउँदै कम्युनिस्टको घर झगडाले लथालिङ्ग अवस्थामा पुगेको नेपालको राजनीति र जबरजस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्रयाकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्