०१ असार २०८३, सोमबार

अस्ट्रेलिया : तन्नाको डोरी बनाएर क्वारेन्टीन सेन्टरबाट भागे व्यक्ति

साउन ६, २०७८
अस्ट्रेलिया : तन्नाको डोरी बनाएर क्वारेन्टीन सेन्टरबाट भागे व्यक्ति

अस्ट्रेलियाको एक होटललाई क्वारेन्टीन सेन्टर बनाइएकोमा त्यहाँ रहेका ३९ वर्षीय व्यक्ति तन्नाहरूको डोरी बनाएर चार तल्लामाथि रहेको कोठाबाट भागेका छन् । 

ती व्यक्ति सोमवार अपराह्न ब्रिसबेनबाट पश्चिमी अस्ट्रेलिया आइपुगेका थिए । उक्त राज्यमा प्रवेश गर्नका लागि आवश्यक कागजात उनीसँग थिएन । 

उनलाई ४८ घन्टाभित्र पश्चिमी अस्ट्रेलिया छोड्न भनिएको थियो र क्वारेन्टीन होटलमा राति राखिएको थियो । मध्यरातपछि उनी तन्ना तल झारेर भागेका थिए । तर उनलाई मंगलवार बिहान पक्राउ गरिएको थियो । 

निर्देशन नमानेको र गलत सूचना दिएको आरोप उनीमाथि लगाइएको छ । 

ती व्यक्ति कोभिड नेगेटिभ आएको प्रहरीको भनाइ छ । 

गत जुन १६ मा एक व्यक्तिलाई बोन्डीमा कोरोनाको डेल्टा भेरिएन्ट देखिएपछि अस्ट्रेलियाले त्यसको संक्रमण फैलन नदिन कडा प्रतिबन्धहरू लगाएको छ ।

न्यु साउथ वेल्स, भिक्टोरिया र साउथ अस्ट्रेलियामा मानिसहरू लकडाउनमा बसिरहेका छन् । अन्य ठाउँमा पनि नियन्त्रण लगाइएको छ । 

गैरअस्ट्रेलियालीहरूका लागि देशमा प्रवेश पोहोर सालदेखि नै रोकिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्