×

NMB BANK
NIC ASIA

नेपालबाट शुरू भएको थियो राज कुन्द्राको व्यापारिक यात्रा

साउन ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय अभिनेत्री, अब्बल डान्सर र फिटनेस क्वीनको रूपमा परिचित शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई मुम्बई प्रहरीले सोमवार पक्राउ गरेको छ । 

Muktinath Bank

पुलिसले ग्रीन पार्क बंगलामा पोर्न फिल्म शूटिङ भइरहेको सूचनाको आधारमा छापा मार्दा त्यसको प्रमाण फेला परेपछि उनीसहित ५ जनालाई पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा भारतीय फिल्मकी एक जुनियर नायिका भएको समेत बताइएको छ । तर ती नायिका को हुन् भन्ने अहिलेसम्म पनि खुलाइएको छैन । 


Advertisment
Nabil box
Kumari

सन् १९९४ मा राज कुन्द्रा कलेजको पढाइ बीचमै छाडेर नेपाल आएका थिए । त्यतिखेर नेपालमा पस्मिनाको सलले उनको ध्यान खिच्यो । 

Vianet communication
Laxmi Bank

उनले शुरूमा साढे १ लाख भारतीय रुपैयाँमा नेपालको पस्मिना बेलायत लगेर व्यापार शुरू गरेका थिए । 

त्यस समयमा कुन्द्राले बेलायतको फेशन हाउसहरूमा नेपालको पस्मिनाको शलको व्यापार शुरू गरेका थिए । त्यसबाट उनले एकै वर्षमा २ करोड पाउन्ड फाइदा गरे । त्यसबेलामा उनका बुवा बालकृष्ण कुन्द्रा बेलायतको लोकल बसमा खलासीको काम गर्थे । 

पैसा कमाएपछि उनमा आफ्नो व्यापारिक साम्राज्य बनाउने सोच आयो । त्यसपछि उनले त्यसबेलामा मौलाएको हीराको व्यापार शुरू गरे । रुस, युक्रेन, संयुक्त अरब अमिरात जस्ता देशमा उनले हीराको व्यापार गर्न थाले । 

त्यति मात्र नभएर उनले ऊर्जा क्षेत्र र घरजग्गा व्यवसाय (रियल इस्टेट) मा पनि हात हाले । सबै व्यापारमा उनी सफल रहे ।

उनको व्यापारयात्रा निकै माथि उठेकाले सन् २००४ मा बेलायतको पत्रिका ‘सक्सेस’ ले धनाढ्यको सूचीमा उनलाई १९८ औं स्थानमा राख्यो  । त्यसबेलामा २९ वर्षका उनी सबैभन्दा कान्छा धनी बने ।

त्यसपछि उनले भारतमा सबैभन्दा पैसाको खेलो हुने क्रिकेटमा हात हाले।  उनले आईपीएल खेल्ने राजस्थान रोयल्सको ११.७ प्रतिशत शेयर किनेका थिए । 

पछि सन् २०१३ जुनमा उनीमाथि म्याच फिक्सिङ गरेको आरोप लाग्यो । उनको टिमलाई दुई वर्षको प्रतिबन्ध लागेको थियो ।

पहिलो पत्नी छोडेर शिल्पासँग विवाह

पैसा कमाएपछि उनले सन् २००७ मा पहिली पत्नी कवितालाई डिभोर्स दिए । त्यसबेलामा बिग ब्रदर टीभी शोको शूटिङ बेलायतमा चलेको समयमा शिल्पासँग भेट भएपछि कुन्द्रा कवितासँग छुट्टिएको आरोप लाग्दै आएको छ । 

त्यसको दुई वर्षपछि सन् २००७ मा कुन्द्राले शिल्पासँग भारतमै विवाह गरे । शिल्पा र कुन्द्राका एक छोरा छन् ।

पोर्न फिल्मबारे के छ कानून ?

पोर्न फिल्म बनाउन र अश्लील गतिविधि गर्न भारतीय कानूनले वर्जित गरेको छ । 

भारतीय सञ्चारमाध्यमहरूले दिएको खबरअनुसार, अश्लील सामग्रीको निर्माण,  वितरण र प्रसारण गर्नुलाई कानूनले अपराध मानेकाले कुन्द्रालाई भारतीय दण्ड संहिताको धारा २९२, २९३, ४२० र आईटी एक्टको धारा ६७ र ६७ (१) अनुसार कारवाहीका लागि प्रहरीले मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।

त्यसका साथै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पनि मुद्दा दर्ता भएको छ ।

भारतीय दण्ड संहिता (आइपीसी) को धारा २९२ अनुसार ‘यो चीजको चाय त्यो पर्चा होस्, कलात्मक प्रस्तुती होस् आकृती या पुस्तक होस्, जुन कामुक पाइएमा तिनीहरूलाई अश्लिल मानिनेछ,’ भनिएको छ,‘ यसमा कुनै पनि बस्तु कामुक रुचिको लागि अपील गरेको छ त्यसलाई पनि अश्लिल मानिनेछ ।’

सो धाराका अनुसार यदि त्यस्तो चिज कोहिले गर्छ, पढ्छ, देख्छ वा सुन्छ भने त्यो पनि अश्लीलको श्रेणीमा राखिएको छ । त्यस कारण यस्तो चिजहरूको विक्री, सञ्ँचालन, आयात निर्यात र विज्ञापन गर्ने साथै लाभ लिनुलाई पनि अपराध मानेको छ । 

आइपीसीको धारा २९३ र २९४ मा २० बर्षभन्दा तलका व्यक्तिलाई ‘सार्वजनिक ठाउँमा अश्लील कृत्य र गित’ देखाउनु दण्डनिय मानेको छ ।

कुन्द्रालाई यी सबै आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कसरी फसे शिल्पा पति कुन्द्रा ?

एक मोडलले वेब सिरिजको लागि अडिसन दिने क्रममा आफुलाई निर्वस्त्र भएर अडिसन दिन लगाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा उनले उमेश कामत नामक व्यक्तिको नाम समेत लिएकी थिइन् । 

त्यो भिडियो भाइरल भएपछि मुम्बई प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको थियो । त्यहि मामिलामा अर्की एक मोडलले पनि आफूमाथि त्यस्तै व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिइन् । त्यस केसमा ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार, मोडलिङमा संघर्ष गरिरहेका मोडलहरूलाई फिल्म खेलाउने आश्वासन दिँदै वेब सिरिजमा नांगो हुन लगाएर पोर्न भिडियो बनाएको आरोप छ । पक्राउ परेका ती व्यक्तिहरूको सूचनाको आधारमा राज कुन्द्राले पनि पोर्न भिडियो बनाउने गरेको सूचना पाएको थियो ।

कुन्द्राको प्लान बी

पोर्नोेग्राफीको केसमा फसेका भारतीय व्यापारी राज कुन्द्राको ह्वाट्सयाप च्याटबाट नयाँ नयाँ खुलासा भइरहेका छन् । 

आफू प्रहरीको राडारमा पर्ने उनले पहिले नै थाहा पाइसकेको च्याटबाट थाहा हुन्छ । त्यसका लागि उनले प्लान बी पनि बनाएका रहेछन् । 

कुन्द्राको प्लान बीको नाम बोलिफेम हो । त्यो पनि हटशट्स जस्तै फिल्म देखाउने याप हो । 

उमेश कामत र कुन्द्राबीचको च्याटमा कुन्द्राले पीएलाई समाचार पठाएको देखिन्छ । त्यसमा पोर्न भिडियो प्रसारण गर्ने सातवटा ओटीटी प्ल्याटफर्महरूका मालिकलाई प्रहरीले समन पठाउन सक्छ भनी लेखिएको छ । 

त्यसमा पोर्न सामग्री राख्न नपाउने अवस्थामा आफूहरूले बोलिफेम तयार गरेर राम्रो काम गरेको कुन्द्रा बताउँछन् । बोलफेम भनेको फिल्म देखाउने याप हो । 

कुन्द्राले भविष्य लाइभ कन्टेन्टमा छ किनकि त्यसको स्क्रीन रेकर्डिङ हुँदैन भने । त्यसैले हटशट्स बन्द भए पनि खासै फरक नपर्ने कुन्द्राले च्याटमा बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x