कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ ।
गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।
प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो ।
प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहेका छन् ।
“त्यहाँ त के भेटिन्थ्यो र ? सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्”, अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भन्नुभयो, “अब खाना, मदिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।” घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए । शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ ।
रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन् । “उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै परीक्षण हुन्छ”, प्रहरी उपरीक्षक पल्ली मगरले भने, “परीक्षणपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।” आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...