०६ असार २०८३, शनिबार

नातिनीले जीन्स पाइन्ट लगाएपछि हजुरबुवाले गरे हत्या

साउन ७, २०७८
नातिनीले जीन्स पाइन्ट लगाएपछि हजुरबुवाले गरे हत्या

भारतको उत्तर प्रदेशमा रहेको देवरिया जिल्लामा १७ वर्षीया एक किशोरीलाई उनका काकाहरू र हजुरबुवाले हत्या गरेका छन् । 

जीन्सको पाइन्ट नलगाउन उनीहरूले जारी गरेको उर्दीको उल्लंघन नातिनीले गरेपछि हत्या गरिएको हो । 

लुधियानामा बस्दा जीन्स लगाउने बानी परेकी किशोरीलाई गाउँ फर्केपछि कुर्ता सुरुवाल लगाएर बस्न भनिएको थियो । उनले त्यसो गर्न मानिनन् अनि घरमा एकदमै कम बस्ने गर्न थालिन् । 

सोमवार काकाहरू र हजुरबुवासँग घरमा झगडा परेपछि उनीहरूले उनलाई भित्ता पछारेर मारेका थिए । त्यसपछि उनीहरूले किशोरीको मृत शरीर कास्या–पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए । तर शरीर पुलको ग्रिलमा अड्किएको थियो । 

लाश पुलमा घन्टौंसम्म अड्किएको थियो । पछि बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । 

हजुरबुवा र ट्याम्पुचालक हसनैनलाई बिहीवार पक्राउ गरिएको छ भने काकाहरू फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्