२४ जेठ २०८३, आइतबार

प्यालेस्टाइनमा विस्फोट हुँदा १ जनाको मृत्यु, १० घाइते

साउन ७, २०७८
प्यालेस्टाइनमा विस्फोट हुँदा १ जनाको मृत्यु, १० घाइते

प्यालेस्टाइनको व्यस्त बजारमा रहेको एक घरमा बिहीवार विस्फोट हुँदा एकजना मारिएका छन् भने १० जना घाइते भएका छन् । 

त्यहाँको गृह मन्त्रालयका अनुसार, के कारणले विस्फोट भएको हो स्पष्ट भइसकेको छैन । 

अल–जाविया क्षेत्रमा भएको विस्फोटपछि घरका धेरै भाग क्षतविक्षत भएका छन् र नजिकका दर्जनौं भवन तथा पसलमा क्षति पुगेको छ । 

प्रहरीको विस्फोटक सामग्री टोलीले विस्फोटको कारणको अनुसन्धान गरिरहेको छ । सिभिल डिफेन्सका टोली र प्रहरीले विस्फोटपछि लागेको आगो नियन्त्रणमा लिएका छन् । 

विस्फोटका कारण ईद अल–अदहाको तेस्रो दिन टोल थर्किएको छ । 

इजरायली सेनाले घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्