
नेपाली कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक नराख्ने निर्णय गरेको छ ।
विगतको गलत परम्परालाई तोड्दै पार्टीका औपचारिक बैठक प्रधानमन्त्रीको निवासमा नराख्ने निर्णय भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने । सोही निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै,’ महामन्त्री खड्काले ट्वीटरमा लेखेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक राखिएको भन्दै आलोचना हुँदै आएको थियो ।
प्रधानमन्त्रीको निवासमा पार्टी केन्द्रीय कमिटीको बैठकदेखि संसदीय दलको बैठक बस्दै आएका थिए ।