१० असार २०८३, बुधबार

दिपक पाण्डेयको गोली हानी हत्या प्रकरण–११ जना कारागार चलान

दिपक पाण्डेयको गोली हानी हत्या प्रकरण–११ जना कारागार चलान

कपिलवस्तुको दिपक पाण्डेयको गोली हानी हत्या गरेको प्रकरणमा मुछिएका ११ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत जेठ ५ गते  जिल्लाको गोबरी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा कपिलवस्तु नगरपालिका वार्ड नं १ शिवमन्दिर टोल बस्ने बर्ष ३४ को पाण्डेको गोली हानी हत्या भएको थियो ।

घटनापछि प्रहरी नायव उपरीक्षक  धर्मराज भण्डारीको नेतृत्वको अनुसन्धान टोलीले घटनामा प्रयोग भएको  पेस्तोल तथा गोलीसहितका हातहतियारसहित ११ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएकोमा आज पुर्पक्षको लागी कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्