२८ जेठ २०८३, बिहीबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल  देशभर सामान्यदेखि पुर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

यसैगरी शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

 यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भने राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्