१० असार २०८३, बुधबार

बुटवलमा ३ करोड लगानीमा 'हाईपर मार्केट'

बुटवलमा ३ करोड लगानीमा 'हाईपर मार्केट'

‘आफैं मालिक, आफैं ग्राहक एवं आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा ‘बा एग्रो मार्ट’ सञ्चालनमा आएको छ ।

कृषि मार्टसँगै सोही स्थानमा नमस्ते हाईपर मार्ट पनि छ । कृषकको संयुक्त लगानी रहेको मार्ट योगिकुटी नजिकै बुटवल–११ मा रहेको छ ।

यसअघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लिमिटेड (बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन् ।

सो अवसरमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कूलबहादुर केसीले कृषकको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

हाल सो मार्टमा ३ करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए ।

उनले भने, ‘कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र सबै किसिमका उत्पादनलाई बढाउने उद्देश्यले नयाँ सोचका अनुसार मार्टको स्थापना गरेका हौं । साथै हामीले देशमै रोजगार प्रदान गर्ने उद्देश्यले पनि कृषि मार्टसँगै सबै किसिमका सामान एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मार्टको स्थापना गरेका हौं ।’

हाल मार्टमा ४० जनालाई रोजगार शुरू गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी ३ वर्षमा शाखा विस्तार गर्दै आईपीओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘कृषि क्षेत्रमा चलायमान बनाई यसको विस्तार गर्दै आगामी ३ वर्षमा आईपीओ जारी गर्दै देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य अनुसार हामी अगाडि बढेका छौं ।’

नमस्ते हाईपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छानामुनि कृषिजन्य, दैनिक उपभोग्य लगायत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाईपर मार्ट पनि ‘बा एग्रो मार्ट’ सँगै स्थापना गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्