२४ जेठ २०८३, आइतबार

चीनका राष्ट्रपति सीले गरे तिब्बतको भ्रमण, नीङ्ची रेलवे स्टेसनको अवलोकन (भिडियो)

साउन ८, २०७८
चीनका राष्ट्रपति सीले गरे तिब्बतको भ्रमण, नीङ्ची रेलवे स्टेसनको अवलोकन (भिडियो)

चीनका राष्ट्रपति सी चिनपिङले बिहीवार तिब्बतमा रहेको नीङ्ची रेलवे स्टेसनको अवलोकन गरेका छन् । 

सिचुआन–तिब्बत रेलवे परियोजना तथा ल्हासा–नीङ्ची रेलवे सेक्सनको सञ्चालनका विषयमा जानकारी लिनका लागि सी त्यहाँ पुगेका हुन् । उनले ल्हासा–नीङ्ची रेलवेमा भइरहेको निर्माणकार्यको निरीक्षण पनि गरेका छन् । 

तिब्बत भ्रमणकै क्रममा सीले ल्हासास्थित द्रेपुङ गुम्बा, बारखोर सडक तथा पोताला दरबारको पटांगिनीको समेत भ्रमण गरे । 

उनले जातीय तथा धार्मिक मामिलासँग सम्बन्धित स्थानीय कार्यको निरीक्षण गरेका छन् । प्राचीन शहर ल्हासाको संरक्षण तथा तिब्बती संस्कृतिको विरासतका बारेमा पनि उनले जानकारी लिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्