११ असार २०८३, बिहीबार

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् । 

तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् । 

प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए । 

राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभामुख अग्नि सापकोटाको सचिवालयले लोकान्तरलाई जानकारी दियो । 

राजीनामा फिर्ता या स्वीकृत नभएकोले रावलले आजको बैठकमा सहभागी हुन नमिल्ने संसद् सचिवालयका एक अधिकारीले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भएको छलफलपछि रावल राजीनामा फिर्ता गर्न राजी भएको एमाले स्रोतले बतायो । 

प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजे बस्दै छ । 

salt training

कमेन्ट गर्नुहोस्