०४ असार २०८३, बिहीबार

दाइजोमा २१ वटा नङ भएको कछुवा मागेपछि दुलाहा प्रहरी हिरासतमा

साउन ८, २०७८
दाइजोमा २१ वटा नङ भएको कछुवा मागेपछि दुलाहा प्रहरी हिरासतमा

भारतको महाराष्ट्रमा रहेको औरंगाबादमा एक दुलाहा पक्राउ परेका छन् । उनी तथा उनको परिवारविरुद्ध प्रहरीसमक्ष जाहेरी परेको थियो । 

ती पुरुषले २१ वटा नङ भएको कछुवा र कालो लाब्राडोर कुकुर दाइजोमा मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

ती पुरुष सेनामा जवान छन् र गत फेब्रुअरी महिनामा उनले एक महिलासँग टीकाटालो गरेका थिए । 

टीकाटालोमा दुलहीको परिवारले उनलाई दुई लाख भारु नगद तथा १० ग्राम सुन दिएको थियो । 

टीकाटालोपछि पनि दुलाहाको परिवारले दुलहीको परिवारसँग १० लाख भारु लिएको थियो । उनलाई स्थायी सरकारी जागिर दिने भन्दै त्यो पैसा लिइएको थियो । तर जागिर नदिई उल्टै दुलाहाको परिवारले कछुवा, कुकुर, बुद्धको मूर्ति र ठड्यौरो मागेको थियो । 

कछुवाको मूल्य ५ देखि १० लाख भारु पर्छ र त्यसले घरमा सौभाग्य ल्याउने विश्वास गरिन्छ । दुलहीको परिवारले कछुवा खोज्दा पनि नपाएपछि दुलाहाको परिवारले विवाह रद्द गरेको थियो । त्यसपछि दुलही पक्षले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले दुलाहालाई समातेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्