३१ असार २०८३, बुधबार

शिल्पा शेट्टीको घरमा छापा मार्न पुग्यो प्रहरी

साउन ८, २०७८
शिल्पा शेट्टीको घरमा छापा मार्न पुग्यो प्रहरी

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रामाथि अनुसन्धानको सिलसिलामा मुम्बई क्राइम ब्रान्चको टोली शिल्पा शेट्टीको घरमा छापा मार्न शुक्रवार  पुगेको छ । 

छापा मार्ने क्रममा प्रहरीले शिल्पालाई सोधपुछ गर्ने सम्भावना छ । 

छापा मार्नुभन्दा केही समयअघि मुम्बईको अदालतले कुन्द्रालाई सोमवारसम्मका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले घटनामा अनुसन्धान चलिरहेको र प्रमाण जुटाउनका लागि समय चाहिने भनी अदालतलाई बताएको थियो । 

यस घटनामा कुन्द्रा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्