०९ असार २०८३, मंगलबार

निर्मला हत्या प्रकरणः चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

निर्मला हत्या प्रकरणः चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी चाँडोभन्दा चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् ।

निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन उनले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
‘आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु’, देउवाले ट्वीटरमार्फत भनेका छन्, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’
१३ वर्षको उमेरमा निर्मलाको बलात्कारपछि हत्या भएपनि हत्यामा संलग्न अझै कारबाहीको दायरामा आउन सकेका छैनन् । उनको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनमा माग गर्दै लामो आन्दोलन समेत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्