परीक्षामा राम्रो नजिता निकाल्नका लागि तपाई मोबाइल, सामाजिक सञ्जालबाट टाँढा बस्ने गर्नु भएको होला ? कतिपयले त फेसबुक नै डिएक्टिभ गरेर समेत पढाइमा ध्यान केन्द्रित गर्ने गरेका छन् भने कयौंका परिवारबाट त्यस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको हुन्छ, ताकि राम्रो रिजल्ट आओस् ।

तर, वास्तविकता भने यो भन्दा फरक छ । जसले परीक्षा अघि सामाजिक सञ्जाल, फेसबुक चलाउँने गर्छ त्यस्ता परीक्षार्थीको रिजल्ट राम्रो आउँछ ।
फेसबुकमा आएका सूचना, कमेन्ट र आफ्नो विचारको प्रवाहका कारण मानिसलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ । त्यस्तै परीक्षार्थीको मनसमेत हलुंगो बनाउन सहयोग गर्छ ।
अमेरिकाकामा गरिएको एक अध्ययन अनुसार सामाजिक सञ्जालको प्रयोग गर्ने परीक्षार्थीले उत्कृष्ठ नतिजा निकालेका हुन् ।
अमेरिकाको इनिलोइस विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार परीक्षाका कारण मानसिक तनावमा भएका विद्यार्थीलाई सुभचिन्तक, साथीभाइले परीक्षाको शुभकामना दिदाँ उनीहरुको आत्मबल बढाउन सहयोग पुग्ने गरेको देखाएको हो ।
अध्ययन अनुसार परीक्षार्थी मध्ये ३१ प्रतिशतमा यसको सकारात्मक प्रभाव परेको पाइएको थियो । परीक्षामा नतिजा ल्याउन कितावको अध्ययन मात्र भन्दा पनि आत्मविश्वासमा वृद्धि महत्वपूर्ण विषय हो, जसलाई सामाजिक सञ्जालको प्रयोगले पनि बृद्धि गर्न सहयोग पुग्छ ।