०९ साउन २०८३, शनिबार

भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेको दाबी

साउन ११, २०७८
भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेको दाबी

भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार, पूर्वी लद्दाखमा रहेको डेमचोकस्थित चारडिङ नाला नजिक भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेका छन् । 

ती टेन्टमा भएका मानिस सर्वसाधारण नागरिक भएको बताइएको छ । भारतले उनीहरूले चीनतिर फर्केर जान भने पनि उनीहरू त्यहीँ बसिरहेका छन् । 

डेमचोकमा पहिले पनि भारतीय र चिनियाँ सैनिकहरूबीत आमनेसामने भइसकेको छ । सन् १९९० को दशकमा भारत चीन संयुक्त कार्यसमूहको बैठकमा डेमचोक र ट्रिग हाइट्स विवादित क्षेत्र भएको भनी सहमति बनेको थियो । 

भारत चीन सीमामा तनाव घटाउनका लागि सैन्य स्तरको वार्ता पुनः शुरू हुनेछ । कोर कमान्डर स्तरको वार्ता अगस्टको पहिलो हप्तामा गरिने सम्भावना छ । 

भारतले टकरावको सबै विन्दुमा सैनिकहरूको पूर्ण फिर्ती चाहेको छ । चीन चाहिँ सैनिकको संख्या घटाउन मात्र चाहिरहेको छ ।

चीनले पूर्वी लद्दाखमा सैनिक गतिविधि बढाइरहेको र द्रुत गतिमा सैन्य संरचना विकास गरिरहेको भारतीय रक्षा सूत्रहरूलाई उद्धृत गर्दै भारतका सञ्चामाध्यमले खबर दिएका छन् । गहिरो ठाउँमा चिनियाँ सैनिकहरूको लगभग चारवटा डिभिजन तैनाथ छन् । अक्साई चीन हुँदै जाने सडक त्यहीँ छ । 

भारतले पनि संरचनालाई स्तरोन्नति गर्ने र सैन्य शक्ति बढाउने काममा जोड दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्