
जसपाका नेता राजकिशोर यादवले निर्वाचन आयोगमा पुगेर उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपाको पार्टी विवाद मिलाउन निर्वाचन आयोगले कार्यकारिणी सदस्यलाई हस्ताक्षर गर्न बोलाएको थियो ।
लोकान्तरसँग कुरा गर्दै यादवले अझैपनि जसपा मिल्ने ठाउँ रहेको बताए । ‘मैले महन्थलाई भेटेर तपाईंको कारणले पार्टी विभाजन गर्नु हुँदैन, विभाजन गर्ने मुड बनाउनु भएको छ भने म साथ दिँदैन भनेको थिएँ,’ यादवले भने ।
नेता यादवले राजनीतिक रुपमा मिल्न नसके पनि निर्वाचन आयोगले जसपालाई एकीकृत गरिदिएको दाबी गरे । ‘एकताको बेलाको ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई मान्यता दिएको छ । हामी सबैजना अटाउन सकिन्छ,’ यादवले भने ।