१२ असार २०८३, शुक्रबार

टोकला मसला चिया अब नयाँ प्याकमा

टोकला मसला चिया अब नयाँ प्याकमा

 मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री शुरू गरेको छ । 

निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । 

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्