२५ असार २०८३, बिहीबार

लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश बाँडे ५० प्रतिशत रकम जगेडा कोषमा

लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश बाँडे ५० प्रतिशत रकम जगेडा कोषमा

 नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशत भन्दा माथि लाभांश वितरण गर्न निरुत्साहित गरेको छ ।

सोमवार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकिृकत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो ।

इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाबाट २० प्रतिशत भन्दा माथिको लाभांश घोषणा -नगद वा बोनस) गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा राख्नुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ ।

३० प्रतिशत भन्दा बढी नगद लाभांश दिन नपायने प्रावधानलाई भने यस वर्ष पनि निरन्तरता दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्